Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

उद्योग क्षेत्रले निर्यातमुखी अर्थतन्त्र निर्माणमा नेतृत्व लिनुपर्ने अर्थमन्त्री वाग्लेको आग्रह

आज सिंहदरबारमा आयोजित उद्यमीहरूसँगको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई आयातमा निर्भर उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनमा आधारित आयात प्रतिस्थापन र निर्यात विस्तार गर्ने दिशातर्फ अघि बढाउन उद्योग क्षेत्रले अग्रणी भूमिका खेल्नुपर्ने…


विज्ञापनAdvertisement Banner
2 min read

आज सिंहदरबारमा आयोजित उद्यमीहरूसँगको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई आयातमा निर्भर उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनमा आधारित आयात प्रतिस्थापन र निर्यात विस्तार गर्ने दिशातर्फ अघि बढाउन उद्योग क्षेत्रले अग्रणी भूमिका खेल्नुपर्ने बताएका छन्। उनले विगतमा खुम्चिँदै गएको औद्योगिक सम्भावनालाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए। निजी क्षेत्रको लगानी सुरक्षित हुने, उचित प्रतिफल प्राप्त हुने तथा पुनः लगानी गर्न सक्ने अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको प्रगति नै मुलुकको आर्थिक समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उद्यमीहरूको नाफा र सम्पत्तिको संरक्षण सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे। उनले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भएका आर्थिक सुधारका कार्यक्रमहरू कार्यान्वयनको चरणमा तीव्र गतिमा अघि बढिरहेको जानकारी पनि दिए।

उनका अनुसार आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधार समयसीमाभित्र सम्पन्न गरिनेछ। साथै पूँजीगत खर्च वृद्धि, विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, पूँजी बजार सुधार, वित्तीय प्रणाली सुदृढीकरण तथा लगानीमैत्री वातावरण निर्माणका काम एकसाथ अघि बढिरहेका छन्।

कार्यक्रममा उनले नेपाललाई थप लगानीमैत्री र व्यवसायमैत्री अर्थतन्त्रका रूपमा विकास गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए। स्वदेशी उत्पादन बढाएर आयात घटाउने र निर्यात विस्तार गर्ने अभियानमा उद्योग क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमा देखिएका लगानीसम्बन्धी अवरोध हटाउन सरकार निरन्तर प्रयासरत रहेको दोहोर्‍याउँदै निजी क्षेत्रको विश्वास अभिवृद्धि हुने वातावरण निर्माणमा सरकार दृढ रहेको बताए। लामो समयदेखि उपयोग हुन नसकेको औद्योगिक सम्भावनालाई अब संयुक्त प्रयासमार्फत पुनः स्थापित गर्ने समय आएको उल्लेख गर्दै लगानी, उत्पादन वृद्धि, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सिर्जनामार्फत देशको आर्थिक भविष्य निर्माणमा सबै उद्यमीलाई सक्रिय रूपमा लाग्न आग्रह गरे।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/