spot_img
25.1 C
Kathmandu
spot_img
Homeसमाचारयुनाइटेड अजोड इन्स्योरेन्सको विभिन्न पदमा कर्मचारी माग

युनाइटेड अजोड इन्स्योरेन्सको विभिन्न पदमा कर्मचारी माग

काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न विभागका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले मार्केटिङ विभाग, क्लेम विभाग र एग्रिकल्चर विभागका विभिन्न पदमा आवेदन खुलाएको हो । मार्केटिङ विभागका लागि ट्रेनी, जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, जुनियर अफिसर र अफिसर पदमा केही कर्मचारी माग गरिएको छ ।

त्यस्तै क्लेम विभागमा डेपुटी म्यानेजर वा म्यानेजर पदमा १ जना तथा जुनियर अफिसर वा अफिसर पदमा १ जना कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ । एग्रिकल्चर विभागका लागि एग्रिकल्चर हेड पदमा १ जना कर्मचारी माग गरिएको छ ।

इच्छुक तथा योग्य उम्मेदवारले आवेदन, बायोडाटा, नागरिकता, शैक्षिक तथा अनुभवका प्रमाणपत्र र पासपोर्ट साइजको फोटोसहित सूचना प्रकाशित भएको मिति (साउन १२ गते) ले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here