spot_img
25.1 C
Kathmandu
spot_img
Homeसमाचारनागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा, नेपालको सडक यातायातमा आधुनिक युगको प्रवेश

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा, नेपालको सडक यातायातमा आधुनिक युगको प्रवेश

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटनसँगै नेपालको पहिलो आधुनिक सडक यातायात तथा पूर्वाधार विकासमा नयाँ अध्याय सुरु भएको छ।

जापानको सहयोगमा सम्पन्न आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० का अध्यक्ष डा। तानाका अकिहिकोले यस परियोजनालाई नेपाल–जापान सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। उनका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा खण्ड पार गर्न लाग्ने समय अब करिब ५ देखि ७ मिनेटमा सीमित हुने भएको छ। यसले सवारीसाधनको चाप व्यवस्थापन, सडक सुरक्षामा सुधार तथा यातायात प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अध्यक्ष अकिहिकोले दुई वर्षअघि भएको अत्यधिक वर्षा र त्यसबाट सिर्जित अवरोधका क्रममा सुरुङमार्गको आवश्यकता अझ स्पष्ट भएको उल्लेख गरे। निर्माणाधीन अवस्थामै रहेको यो करिडोरले विपद्को समयमा वैकल्पिक सम्पर्क मार्गको भूमिका निर्वाह गर्दै आपत्कालीन सेवा तथा अत्यावश्यक सामग्रीको ढुवानीलाई सहज बनाउन योगदान दिएको उनले बताए।

हिमाली भू–गर्भीय संरचनाका कारण निर्माण अवधिभर विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको पनि उनले जानकारी दिए। उत्खननका क्रममा पटक–पटक पहिरो जानु, चट्टानको विकृति देखिनु तथा जमिनको उच्च दबाबजस्ता समस्यालाई जापानी प्रविधि र नेपाली जनशक्तिको संयुक्त प्रयासबाट समाधान गरिएको उनको भनाइ थियो।

तीन महिनासम्म सञ्चालन हुने परीक्षण अवधिमा सवारी साधनसँग शुल्क नलिने ,२.६८ किलोमिटर लामो, ८.३ मिटर अग्लो र ९.५ मिटर चौडा सुरुङमार्ग निर्माणमा करिब ९८ प्रतिशत जनशक्ति नेपाली इन्जिनियर तथा कामदारहरू रहेका थिए।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा सम्पन्न भएको यस परियोजनाले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ। यस उपलब्धिलाई आधार बनाएर आगामी दिनमा सुरुङमार्गको योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी नेपाली जनशक्तिको क्षमता विकासका लागि नयाँ प्राविधिक सहयोग कार्यक्रम पनि सुरु गरिने जनाइएको छ।

जाइकाले नेपालको दिगो पूर्वाधार विकासमा आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएको छ। सुरक्षित आवागमन, आर्थिक गतिविधिको विस्तार तथा राष्ट्रिय विकासमा यो सुरुङमार्गले दीर्घकालसम्म सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here