Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौँ,  देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच,…


विज्ञापनAdvertisement Banner
1 min read
klx/f]df a]kQfsf] vf]hL ul/Fb} bdf}nL -tgx'F_, @# c;f/M tgx'Fsf] z'Snfu08sL gu/kflnsf–& sfp/]df zlgaf/ klx/f]n] 3/ k'l/P/ a]kQf ePsfsf] cfOtaf/ laxfg vf]hL ul/Fb} . klx/f]df k'l/P/ a]kQf Ps dlxnfsf] zj e]l6Psf] 5 eg] b'O{ hgf a]kQf 5g . tl:a/M s[i0f Gof}kfg]÷ /f;;

काठमाडौँ,  देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए ।

ती घटनाबाट सात परिवार प्रभावित भएका छन् । पहिरोका घटनामा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् । विपद्बाट रु एक करोड ९० लाख बराबरको क्षति भएको छ ।

गत वैशाख १ गतेसम्म हालसम्म देशभर दुई हजार ३६१ विपद्जन्य घटना भएका छन् । ती घटनामा परी १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ८६९ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/