Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कोशीमा जलप्रवाह उच्च, सुनसरीमा विपद् तयारी तीव्र

कोशीमा जलप्रवाह उच्च, सुनसरीमा विपद् तयारी तीव्र सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्न थालेपछि सुनसरी जिल्ला प्रशासनले बाढीजन्य जोखिमलाई ध्यानमा राख्दै विपद् प्रतिकार्य तयारीलाई थप सुदृढ बनाएको छ। यसैक्रममा प्रमुख जिल्ला अधिकारी…


विज्ञापनAdvertisement Banner
2 min read

कोशीमा जलप्रवाह उच्च, सुनसरीमा विपद् तयारी तीव्र

सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्न थालेपछि सुनसरी जिल्ला प्रशासनले बाढीजन्य जोखिमलाई ध्यानमा राख्दै विपद् प्रतिकार्य तयारीलाई थप सुदृढ बनाएको छ। यसैक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित विभिन्न सुरक्षा निकायका प्रमुखहरूले कोशी ब्यारेजको स्थलगत निरीक्षण गरेका छन्।

हाल कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पानीको प्रवाह रहेको छ। बढ्दो बहावलाई व्यवस्थापन गर्न ब्यारेजका २० वटा ढोका खोलिएको छ। कोशी नदीमा जलप्रवाह प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रचलन रहेको छ।

स्थलगत अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान र नदी कटानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद् प्रतिकार्य योजना प्रभावकारी रूपमा लागू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार विपद् व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा तोकिएको छ भने आवश्यक कार्यविधिसमेत तयार पारिएको छ।

बर्खायामका सम्भावित विपद्का बेला उद्धार, राहत वितरण, प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक परे पुनःस्थापनासम्मका सबै कार्यका लागि जिल्ला प्रशासन र सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो।

उहाँले कोशी ब्यारेजको पुल तथा जोखिमयुक्त तटबन्धहरूको मर्मतसम्भार सम्पन्न गरिएको जानकारी दिँदै ठूलो बाढीका कारण कुनै क्षेत्रमा कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने व्यवस्था मिलाइएको स्पष्ट पार्नुभयो।

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरे तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/