Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

चिट्ठा प्रणालीबाट ८३६ नेपाली इजरायल रोजगारीका लागि छनोट

इजरायलमा स्याहार सेवामा कार्यरत हुन पहिलो चरणमा ८३६ जना नेपाली कामदार छनोट भएका छन्। इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास, वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा…


विज्ञापनAdvertisement Banner
2 min read

इजरायलमा स्याहार सेवामा कार्यरत हुन पहिलो चरणमा ८३६ जना नेपाली कामदार छनोट भएका छन्। इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास, वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा श्रव्यदृश्य माध्यमबाट चिट्ठा प्रणाली प्रयोग गरी छनोट प्रक्रिया सम्पन्न गरेको हो।

यस प्रक्रियामा कुल १,११५ जना आवेदक सहभागी भएका थिए। तीमध्ये ७८४ पुरुष र ३३१ महिला छनोटमा परेका छन्।

छनोट कार्यक्रमका क्रममा राजदूत एरीबासले इजरायलको स्याहार सेवा क्षेत्रमा निकट भविष्यमा थप २,१०० भन्दा बढी रोजगारीका अवसर खुल्ने जानकारी दिए। साथै, ‘घरमा आधारित स्याहार सेवा’ र ‘कृषि श्रमिक’ सम्बन्धी नेपाल–इजरायल द्विपक्षीय सहकार्य कार्यान्वयनको अन्तिम चरणमा पुगेको पनि उनले उल्लेख गरे।

नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायल जाने नेपाली कामदारले त्यहाँका स्थानीय श्रमिकसरह न्यूनतम पारिश्रमिक, सेवा–सुविधा तथा कानुनी अधिकार प्राप्त गर्ने व्यवस्था रहेको छ।

दुवै देशले यो छनोट प्रक्रियालाई श्रम सहकार्यलाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा लिएका छन्। साथै, भर्ती प्रक्रियामा पारदर्शिता, निष्पक्षता र सबैका लागि समान अवसर सुनिश्चित गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/