Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बागमतीका पत्रकारलाई प्रदेश अस्पतालका सेवामा ५० प्रतिशत सहुलियत

बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत पत्रकारलाई प्रदेश अस्पतालबाट उपलब्ध हुने केही स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलियत प्रदान गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय…


विज्ञापनAdvertisement Banner
1 min read

बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत पत्रकारलाई प्रदेश अस्पतालबाट उपलब्ध हुने केही स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलियत प्रदान गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशको सिफारिसका आधारमा पत्रकारलाई उक्त सहुलियत उपलब्ध गराइने जानकारी दिनुभयो ।

निर्णयअनुसार प्रदेश अस्पतालहरूमा उपलब्ध आइसियु, प्रयोगशाला, एक्सरे, सिटी स्क्यान, एमआरआई तथा भिडियो एक्सरेलगायत स्वास्थ्य सेवामा पत्रकारले ५० प्रतिशत छुट पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले यस निर्णयले प्रदेशका पत्रकारलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/