Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बर्डफ्लुबाट प्रभावित १०५ किसानलाई रु ५० करोड ७१ लाख क्षतिपूर्ति राहत

बर्डफ्लुका कारण कुखुरा नष्ट भएपछि प्रभावित किसानलाई सरकारले हालसम्म रु ५० करोड ७१ लाख राहत रकम वितरण गरेको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार झापा, मोरङ, सुनसरी,…


विज्ञापनAdvertisement Banner
1 min read

बर्डफ्लुका कारण कुखुरा नष्ट भएपछि प्रभावित किसानलाई सरकारले हालसम्म रु ५० करोड ७१ लाख राहत रकम वितरण गरेको छ।

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका १०५ जना किसानले उक्त राहत प्राप्त गरेका छन्। विभागले बर्डफ्लु नियन्त्रणका क्रममा सरकारी निगरानीमा नष्ट गरिएका कुखुराको क्षतिपूर्तिस्वरूप आवश्यक प्रक्रिया पूरा गरी कागजात पेश गर्ने किसानलाई भएको क्षतिको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउँदै आएको जनाएको छ।

विभागीय तथ्याङ्कअनुसार पछिल्ला तीन महिनामा सङ्क्रमण नियन्त्रणका लागि देशभर करिब सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ वटा अण्डा तथा दुई लाख ४३ हजार ६३५ किलोग्राम दाना नष्ट गरिएको छ।

डा। उपाध्यायका अनुसार पछिल्ला तीन महिनामा बर्डफ्लु देखिएका ११ जिल्लामध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर तथा काभ्रेपलाञ्चोकमा पनि बर्डफ्लुको अवस्था नियन्त्रणउन्मुख रहेको विभागले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/