काठमाडौं – प्रेम दिवसअन्तर्गत मनाइने ‘हग डे’ का अवसरमा प्रहरीले विशेष सचेतना सन्देश जारी गर्दै भावनामा बगेर निर्णय नगर्न र कुनै पनि सूचना वा प्रस्तावलाई पहिले प्रमाणीकरण गर्न अनुरोध गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको सन्देशमा उल्लेख छ—‘भावनामा होइन, भेरिफिकेसनमा विश्वास गरौँ।’ सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन प्लेटफर्महरूको तीव्र विस्तारसँगै सूचना आदानप्रदान सहज बनेको भए पनि अपुष्ट, भ्रामक तथा ठगीसम्बन्धी सामग्रीहरू पनि तीव्र गतिमा फैलिने क्रम बढी रहेको अवस्थामा प्रहररीले यस्तो सन्देश प्रवाह गरेको हो ।




