spot_img
23.1 C
Kathmandu
spot_img
Homeवित्ततुलसीपुरका माधव केसी माहुरीपालन बाट मनग्य आम्दानी गर्दै

तुलसीपुरका माधव केसी माहुरीपालन बाट मनग्य आम्दानी गर्दै

तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका माधव केसीले व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ। दुई दशकदेखि सो पेसा अँगालेका उहाँ अहिले सफल माहुरी उद्यमीका रुपमा परिचित हुनुहुन्छ। केसीले तीनजनालाई रोजगारी दिनु भई वार्षिक रु आठ लाख बचत गर्नुभएको छ।

यस क्षेत्रमा राम्रो सम्भावना देखेर बिएससी एजी तहको पढाइ सकी, पढाइ अनुसारको क्षेत्र अगाल्दै विसं २०६२ सालदेखि प्राकृतिक मौरीपालनतर्फ आकर्षित हुनुभएपछि उहाँले सुरुमा २५ घार मौरीबाट व्यवसाय सुरु गर्नुभएको थियो । केसीसँग हाल ३०० घार मेलिफेरा जातका माहुरीका घार छन् । उहाँले यस वर्ष १२ टन मह उत्पादन गर्नुभएको थियो । उहाँले बजारमा प्रतिकिलो रु ५०० देखि रु ८०० सम्म मह बिक्री गर्दै आउनुभएको छ ।

केसीको फार्ममा अहिलेसम्म रु एक करोडको लगानी भइसकेको छ । उहाँले मह बिक्रीबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्नुहुन्छ । माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त गरेका केसीले महले बजार पाउन नसक्दा कुनै बखत घाटा व्यहोर्नु परेको थियो । बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि अप्ठेरो पर्दै गएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here