Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बचतकर्ताको पैसा फिर्ता हुन थाल्यो: पहिलो चरणमा तीन सहकारीका ३७८ जनाले पाए रकम

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सरकारले सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संकटमा परेका तीनवटा सहकारी संस्थाका ३ सय ७८ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिका…


विज्ञापनAdvertisement Banner
2 min read

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सरकारले सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संकटमा परेका तीनवटा सहकारी संस्थाका ३ सय ७८ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका हुन्।
समितिले पहिलो चरणमा थोरै रकम जम्मा गरेका बचतकर्तालाई विशेष प्राथमिकता दिएर पैसा फिर्ता गरेको जनाएको छ। आगामी दिनमा बचत रकमको परिमाण हेरेर वर्गीकरण गर्दै अन्य बचतकर्ताको पनि क्रमशः रकम फिर्ता गरिने समितिले स्पष्ट पारेको छ।
हाल समस्याग्रस्त घोषित सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिको तथ्यांकले देखाउँछ। यो सूचीमा धेरैजसो साना बचतकर्ताहरू रहेका छन्।
समितिले ५ लाख रुपैयाँभन्दा कम बचत रकम भएकाहरूलाई साना बचतकर्ता र ५ लाख रुपैयाँभन्दा बढी बचत भएकाहरूलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरेको छ। कुल बचतकर्तामध्ये करिब १८ हजार जना मात्रै ५ लाख रुपैयाँभन्दा बढी बचत गर्ने ठूला बचतकर्ता रहेको समितिले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/