Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं — नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५४ सय रुपैयाँले घटेको हो। यससँगै आज छापावाल सुनको मूल्य तोलामा ३…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५४ सय रुपैयाँले घटेको हो।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि हिजो पनि २ हजार २०० रुपैयाँले मूल्य घटेको थियो। दुई दिनमै सुनको मूल्य कुल ७ हजार ६ सय रुपैयाँले घटेको देखिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी तोलामा १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा ५ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।

पछिल्ला दिनहरूमा लगातार मूल्य घटेसँगै बजारमा सुनचाँदीको कारोबारमा असर पर्ने अनुमान गरिएको छ। व्यापारी तथा उपभोक्ताहरूले मूल्य घटबढलाई नजिकबाट नियालिरहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/