Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

टुँडिखेलमा भव्य रूपमा घोडेजात्रा पर्व मनाइयो

काठमाडौंको टुँडिखेलमा आज घोडेजात्रा पर्व विशेष समारोहका साथ मनाइएको छ। पर्वका अवसरमा नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू,…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौंको टुँडिखेलमा आज घोडेजात्रा पर्व विशेष समारोहका साथ मनाइएको छ। पर्वका अवसरमा नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

समारोहका क्रममा नेपाली सेनाले अश्वकला प्रदर्शन, मोटरसाइकल खेल तथा विभिन्न शारीरिक व्यायामका आकर्षक झाँकीहरू प्रस्तुत गरेको थियो, जसले उपस्थित दर्शकहरूको ध्यान खिचेको थियो। हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन काठमाडौं उपत्यकामा परम्परागत रूपमा मनाइने यो पर्व विशेष सांस्कृतिक महत्व बोकेको मानिन्छ। घोडेजात्रा पर्वको अवसर पारेर सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/