Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

खोटाङमा हेलिकप्टर दुर्घटना, सबै यात्रु सकुशल

काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरण का अनुसार खोटाङ जिल्लाको बलाबेसी क्षेत्रमा आज बिहान एक हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा सवार सबै यात्रु सकुशल रहेको जनाइएको छ। प्राधिकरणका अनुसार एयर डाइनेस्टी कम्पनीको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरण का अनुसार खोटाङ जिल्लाको बलाबेसी क्षेत्रमा आज बिहान एक हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा सवार सबै यात्रु सकुशल रहेको जनाइएको छ।

प्राधिकरणका अनुसार एयर डाइनेस्टी कम्पनीको ‘नाइन एन एएफक्यू’ नम्बरको हेलिकप्टर बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट उडेको थियो। उक्त हेलिकप्टर बिहान ११:५१ बजे खोटाङको बलाबेसी क्षेत्रमा अवतरण गर्ने क्रममा असन्तुलित भई पल्टिएको बताइएको छ।

हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए। दुर्घटनामा सबै यात्रु सुरक्षित रहेका छन् भने एक जनालाई सामान्य चोट लागेको छ। कुनै पनि मानवीय क्षति नभएको प्राधिकरणले पुष्टि गरेको छ।

घटनापछि उद्धार तथा आवश्यक सहयोगका लागि काठमाडौंबाट अर्को हेलिकप्टर पठाइएको जनाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्राधिकरणले जनाएको

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/