spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचाररवि लामिछानेको अभियोग संशोधन मुद्दामा आज पनि सुनुवाइ

रवि लामिछानेको अभियोग संशोधन मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं — रवि लामिछाने विरुद्ध दायर सहकारी ठगीसँग सम्बन्धित मुद्दामा अभियोग संशोधन गरिएको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज पनि सर्वोच्च अदालत मा सुनुवाइ हुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रहेका लामिछानेसँग सम्बन्धित मुद्दामा सोमबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा सुनुवाइ सुरु भए पनि निर्णय नभई ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी ले यसअघि जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिँदै लामिछानेमाथि लागेको सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गर्न भनेकी थिइन्। उक्त निर्देशनअनुसार लामिछानेमाथि सहकारी ठगीको मुद्दा मात्रै अगाडि बढाउने र अन्य दुई गम्भीर प्रकृतिका आरोप हटाउने निर्णय गरिएको थियो।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उनीहरूले महान्यायाधिवक्ताको निर्णय कानुनअनुसार नभएको दाबी गर्दै त्यसलाई बदर गर्न माग गरेका छन्।

महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मा लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा मात्र चलाउने र सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणका मुद्दा हटाउने निर्णय उल्लेख गरिएको थियो।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here