Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल टी–२० लिगको पुरस्कार र पारिश्रमिक अझै रोकियो, तीन वर्षपछि पनि खेलाडी मौन

पहिलो पटक २०७९ सालको पुसमा नेपाल क्रिकेट संघ क्यान ले नेपाल टी–२० लिग आयोजना गरेको थियो। तर प्रतियोगिता सम्पन्न भएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि विजेता टोलीले पुरस्कार रकम पाएको छैन…


विज्ञापनAdvertisement Banner
2 min read

पहिलो पटक २०७९ सालको पुसमा नेपाल क्रिकेट संघ क्यान ले नेपाल टी–२० लिग आयोजना गरेको थियो। तर प्रतियोगिता सम्पन्न भएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि विजेता टोलीले पुरस्कार रकम पाएको छैन भने धेरै खेलाडीले पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन्। खेलाडीहरूका अनुसार बारम्बार कुरा उठाउँदा पनि समस्या समाधान नभएपछि अहिले उनीहरू मौन बस्न बाध्य भएका छन्। पारिश्रमिकको विषय उठाउँदा कारबाही हुन सक्ने डरसमेत भएकाले खुलेर बोल्न नसकेको उनीहरूको भनाइ छ।

क्यानले उक्त लिगको कमर्सियल र रणनीतिक अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई दिएको थियो। प्रतियोगिताका क्रममा म्याच फिक्सिङको आरोप लागेपछि सो कम्पनीका प्रतिनिधि जतिन अहलुवालिया बीचैमा भारत फर्किएका थिए। त्यसपछि प्रतियोगिता रोकिने अवस्था सिर्जना भएको थियो।

प्रतियोगिता चलिरहँदा खेलाडीहरूले सम्झौताअनुसार पारिश्रमिक नपाएको भन्दै खेल्न अस्वीकार गरेका थिए। त्यसपछि क्यानले फ्रेन्चाइज टोलीहरूले रकम नदिए बाँकी पारिश्रमिक आफूले उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि मात्र खेल पुनः सुरु भएको थियो।

त्यससम्बन्धी प्रतिबद्धता पत्रमा त्यसबेला काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ल, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल तथा टुर्नामेन्ट डाइरेक्टर एवं जनरल म्यानेजर वृत्तान्त खनालले हस्ताक्षर गरेका थिए। क्यानले उक्त पत्रमार्फत छ महिनाभित्र सबै रकम उपलब्ध गराउने आश्वासन दिएको थियो। तर तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि खेलाडी तथा विजेता टोलीले रकम पाउन सकेका छैनन्।

तत्कालीन कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार क्यानको व्यवस्थापन कमजोरीका कारण खेलाडीहरूले अझै पारिश्रमिक पाउन सकेका छैनन्। उनका अनुसार लिगबाट क्यानले करिब सवा दुई करोड रुपैयाँ नाफा गरेको थियो।

उनले भने, लिगबाट क्यानले सवा दुई करोड फाइदा कमाएको छ। संस्था आफैँ नाफामा छ। साधारण सभाले म्यान्डेट दिइसकेपछि खेलाडीलाई पैसा दिन कानुनी अवरोध हुँदैन। क्यानले खेलाडीप्रति अन्याय गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/