Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

खाना पकाउने ग्यासको चरम अभाव, डिपोमा महिनादिनपछि मात्रै पालो

काठमाडौं - पछिल्ला केही सातायता देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। बजारमा ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताहरू डिपो र पसलमा लामो समयसम्म कुर्न बाध्य भएका छन्।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – पछिल्ला केही सातायता देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। बजारमा ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताहरू डिपो र पसलमा लामो समयसम्म कुर्न बाध्य भएका छन्।

विशेषगरी काठमाडौं उपत्यकामा ग्यास अभाव झन् गम्भीर बनेको छ। धेरै उपभोक्ताले खाली सिलिन्डर बोकेर पसल–पसल धाइरहेका छन् भने कतिपय स्थानमा एउटै सिलिन्डर पाउन १५ दिनदेखि एक महिनासम्म पालो कुर्नुपर्ने अवस्था रहेको उपभोक्ताहरूले बताएका छन्।

ग्यास बिक्रेताका अनुसार डिपोहरूमा ग्यास आपूर्ति ढिलाइ हुँदा वितरण प्रणाली प्रभावित भएको छ। कतिपय स्थानमा पालो प्रणाली लागू गरिएकाले उपभोक्ताहरूले आफ्नो पालो पर्खनुपरेको अवस्था छ।

यता नेपाल आयल निगमले भने ग्यासको आयात नियमित रूपमा भइरहेको दाबी गरेको छ। निगमका अनुसार बजारमा मागअनुसार ग्यास पठाइरहे पनि अनावश्यक भण्डारण, वितरण व्यवस्थापनमा समस्या तथा बजारमा फैलिएका हल्लाका कारण अभावको अवस्था देखिएको हुनसक्ने जनाएको छ।

व्यवसायीहरूले भने भारतबाट ग्यास लोड हुन ढिलाइ, चिसो मौसमका कारण खपत बढ्नु तथा ढुवानीमा देखिएका प्राविधिक समस्याले आपूर्ति प्रभावित भएको बताएका छन्। साथै केही स्थानमा ग्यास अभाव देखाउँदै बढी मूल्यमा बिक्री गर्ने तथा कालोबजारी गर्ने घटना पनि देखिएको उपभोक्ताहरूको गुनासो छ।

यसैबीच अन्तर्राष्ट्रिय परिस्थिति पनि आपूर्तिमा असर पार्ने कारक बन्न सक्ने देखिएको छ। अमेरिका, इजरायल र इरानबीच बढेको तनावका कारण स्ट्रेट अफ होर्मुज क्षेत्रमा अस्थिरता बढ्दा विश्व बजारमा तेल तथा ग्यास ढुवानी प्रभावित हुने सम्भावना रहेको जानकारहरू बताउँछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/