Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक (रातो) पासपोर्ट

काठमाडौं - अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। मन्त्री पदको हैसियतमा प्राप्त उक्त राहदानीको प्रयोजन समाप्त भएको भन्दै उनले सम्बन्धित निकायमा फिर्ता बुझाएका हुन्।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। मन्त्री पदको हैसियतमा प्राप्त उक्त राहदानीको प्रयोजन समाप्त भएको भन्दै उनले सम्बन्धित निकायमा फिर्ता बुझाएका हुन्।

खनालले अर्थ मन्त्रालयको प्रशासन महाशाखामार्फत कूटनीतिक राहदानी फिर्ता गर्ने प्रक्रिया अघि बढाएका हुन्। उनले मन्त्रालयलाई पठाएको पत्रमा आफूलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएको उल्लेख गरेका छन्।

पत्रमा उनले परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा उक्त राहदानी फिर्ता बुझाइदिन अनुरोध गरेका छन्। साथै उनले राहदानी पत्रसँगै संलग्न गरी पठाइएको पनि जनाएका छन्।

कूटनीतिक राहदानी सामान्यतया उच्च पदस्थ सरकारी अधिकारी, मन्त्री तथा कूटनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूलाई प्रदान गरिन्छ। पदको कार्यकाल समाप्त भएपछि त्यस्तो राहदानी फिर्ता गर्नुपर्ने प्रावधान रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/