Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दुई हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

काठमाडौँ - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई हाइड्रोपावर कम्पनीलाई सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। अनुमति पाउने कम्पनीहरूमा कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेड रहेका छन्।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई हाइड्रोपावर कम्पनीलाई सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। अनुमति पाउने कम्पनीहरूमा कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेड रहेका छन्।

सेबोनका अनुसार कालंगा हाइड्रो लिमिटेड ले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४९ लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको हो। यसबाट कम्पनीले कुल ४९ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी सानीगड हाइड्रो लिमिटेड ले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८५ लाख ५० हजार कित्ता शेयर जारी गर्ने अनुमति प्राप्त गरेको छ। कम्पनीले यसबाट ८५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बजारमा ल्याउनेछ। यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/