Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

जेनजी आन्दोलनमा दमन गर्ने सबैमाथि कारबाही गर्न सिफारिस

काठमाडौं - भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ आयोगले जेनजी आन्दोलनका क्रममा युवामाथि भएको दमनमा संलग्न सबै व्यक्तिमाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगका संयोजक गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्रीलाई…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ आयोगले जेनजी आन्दोलनका क्रममा युवामाथि भएको दमनमा संलग्न सबै व्यक्तिमाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगका संयोजक गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्रीलाई आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आन्दोलनका क्रममा गोली हान्न आदेश दिने र गोली नरोकिने अवस्थासम्म पुग्न दिने सबैलाई कारबाही गर्न सिफारिस गरिएको जानकारी दिए।

कार्कीका अनुसार भदौ २३ गते युवामाथि गोली चलाइएको घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूलाई जिम्मेवार ठहर गर्दै उनीहरूमाथि कानुनी कारबाही गर्न आयोगले सुझाव दिएको छ। भदौ २४ गते भएको घटनामा पनि दोषी देखिएकाहरूलाई कारबाही गर्न सिफारिस गरिएको उनले बताए।

आयोगले आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाइसकेको बताउँदै कार्कीले सरकारले प्रतिवेदनलाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। उनले आयोगले देश, जनता र शहीदको न्यायका लागि निष्पक्ष ढंगले काम गरेको भन्दै आफूहरू कामप्रति सन्तुष्ट रहेको उल्लेख गरे।

कार्कीले केही प्राविधिक कामहरू बाँकी रहे पनि निर्वाचनलाई असर पर्न सक्ने देखिएकाले निर्वाचनपछि मात्र प्रतिवेदन सरकारलाई बुझाइएको बताए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/