Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाली बजारमा सुन र चाँदीको भाउ उकालो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ। आजको कारोबारमा सुनको मूल्य उल्लेख्य रूपमा बढ्दा चाँदीको भाउ पनि सामान्य रूपमा उकालो लागेको छ। आज सुन प्रतितोला ३…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ। आजको कारोबारमा सुनको मूल्य उल्लेख्य रूपमा बढ्दा चाँदीको भाउ पनि सामान्य रूपमा उकालो लागेको छ।

आज सुन प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेको छ। यससँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार भने सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएर ५ हजार ४७५ रुपैयाँ पुगेको छ। शुक्रबारको बजारमा चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा स्थानीय मागका कारण सुन–चाँदीको मूल्यमा उतारचढाव देखिने गरेको छ। पछिल्लो समय विश्व बजारमा आएको परिवर्तनको असर नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा परेको देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/