काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरको ध्यान खिचेको झापा निर्वाचन क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह (बालेन) भारी मतान्तरसहित विजयी भएका छन्।
रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि झापा–५ को चुनावलाई निकै चासोका साथ हेरिएको थियो। काठमाडौं महानगरपालिकाका पूर्व–नगरप्रमुख समेत रहेका शाहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गरेका थिए।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले भने १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन्। यससँगै शाहले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।




