Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

झापा–५ मा बालेनको अग्रता कायम, ओली दोस्रोपटक हार्ने संकेत

काठमाडौं — प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता अत्यधिक देखिएको छ। हालसम्मको मतगणना अनुसार उनले ४७ हजार ७७९ मत प्राप्त गरेका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता अत्यधिक देखिएको छ। हालसम्मको मतगणना अनुसार उनले ४७ हजार ७७९ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने १२ हजार ६९९ मत मात्र प्राप्त गरेका छन्। प्राप्त मतान्तर निकै ठूलो भएकाले बालेनको जित लगभग सुनिश्चित भएको निर्वाचन स्रोतले जनाएको छ।

झापा–५ मा कुल १ लाख ६ हजार मत खसेको थियो। त्यसमध्ये हालसम्म अधिकांश मत गणना भइसकेको छ भने करिब ३२ हजार मत गणना गर्न बाँकी रहेको छ। बाँकी मत गणना भए पनि अहिलेको ठूलो मतान्तरका कारण परिणाम उल्टिने सम्भावना न्यून देखिएको छ।

यदि अन्तिम परिणाम यही प्रवृत्तिमा कायम रह्यो भने एमाले अध्यक्ष ओलीले झापा–५ बाट दोस्रोपटक हार व्यहोर्नु पर्नेछ। यसअघि उनले २०६४ सालको संविधान सभा निर्वाचनमा पनि हार बेहोरेका थिए। त्यतिबेला उनले १४ हजार ९५९ मत प्राप्त गरेका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *