spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारसमानुपातिकतर्फ ३९ हजार ४८३ मत गणना हुँदा रास्वपालाई २२ हजार ४४२ मत

समानुपातिकतर्फ ३९ हजार ४८३ मत गणना हुँदा रास्वपालाई २२ हजार ४४२ मत

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता बनाइरहेको छ। हालसम्म प्रत्यक्षतर्फ रास्वपाले १६ सिटमा विजय हासिल गरिसकेको छ भने करिब १०० निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ।

उता नेपाली कांग्रेसले ४ सिटमा जित निकाल्दै ११ क्षेत्रमा अग्रता लिएको छ। नेकपा एमालेले १ सिटमा जित हासिल गरेको छ भने १३ क्षेत्रमा अग्रस्थानमा रहेको छ। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीले २ सिट जित्दै १० क्षेत्रमा अग्रता बनाएको छ। श्रम संस्कृति पार्टी ३ क्षेत्रमा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ क्षेत्रमा अग्रस्थानमा रहेको जनाइएको छ।

यसैबीच केही स्थानमा समानुपातिकतर्फको मतगणना पनि जारी छ। हालसम्म ३९ हजार ४८३ मत गणना हुँदा रास्वपाले २२ हजार ४४२ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसले ७ हजार ५०५ मत पाएको छ भने राप्रपाले ३ हजार १६९ मत प्राप्त गरेको छ। त्यस्तै नेकपा एमालेले २ हजार ९९० मत पाएको छ। श्रम संस्कृति पार्टीले ९६० मत, नेपाली कम्युनिस्ट पार्टीले ९५१ मत, राष्ट्रिय परिवर्तन पार्टीले ५३५ मत र नेपाल मजदुर किसान पार्टीले १६६ मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनको मतगणना देशभर जारी रहेको छ र थप परिणाम आउने क्रम निरन्तर चलिरहेको निर्वाचन आयोगले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here