spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारपहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावका कारण देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहने सम्भावना छ। बाँकी भू–भागमा भने आंशिक बदली रहने मौसम विभागले जनाएको छ।

देशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। तराई क्षेत्रका केही स्थानमा भने बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहने अनुमान गरिएको छ। ती क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै तराईका थोरै स्थानहरूमा राति तथा बिहानको समयमा तुँवालो लाग्न सक्ने भएकाले सवारी साधन सञ्चालन गर्दा सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here