काठमाडौं — काठमाडौं क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।
पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गरेका हुन्। घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।
अन्तिम मतपरिणामअनुसार पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतको फराकिलो अन्तरले पछि पार्दै जित हासिल गरेका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार काठमाडौं–३ मा रास्वपाले उल्लेखनीय मतसहित विजय हासिल गरेको हो। यससँगै पाण्डे पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित भएका छन्।




