Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मोरङका ५ क्षेत्रमा रास्वपाको अग्रता, एक क्षेत्रमा श्रम संस्कृति पार्टी अगाडि

काठमाडौं - प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा ५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता बनाएका छन् भने एक क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार अगाडि देखिएका…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा ५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता बनाएका छन् भने एक क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार अगाडि देखिएका छन्।

पछिल्लो मतपरिणामअनुसार मोरङ क्षेत्र नम्बर ६ मा रास्वपाकी उम्मेदवार रूविना आचार्यले अग्रता कायम गरेकी छन्। हालसम्म ५ हजार ७३४ मत गणना हुँदा आचार्यले ३ हजार ४२३ मत प्राप्त गरेकी छन्। उनलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ७२८ मतसहित पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार विनोद ढकाल ६२७ मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी उम्मेदवार आशा झाले ३ हजार ९७९ मतसहित अग्रता लिएकी छन्। उनलाई जसपा नेपालका उम्मेदवार राजकुमार यादवले १ हजार ३६६ मतसहित पछ्याइरहेका छन् भने नेकपाका उम्मेदवार शिवकुमार मण्डल १ हजार २८६ मतसहित तेस्रो स्थानमा छन्।

मोरङ क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले स्पष्ट अग्रता बनाएका छन्। उनले ११ हजार ५६४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गुरुराज घिमिरे २ हजार ६४८ मतसहित दोस्रो स्थानमा रहेका छन्।

मोरङ क्षेत्र नम्बर २ मा रास्वपाका कृष्ण कार्की १ हजार १६७ मतसहित अग्रस्थानमा छन्। नेकपा एमालेका दिलीपकुमार अग्रवाल ४४५ मत र नेपाली कांग्रेसका मिनेन्द्रप्रसाद रिजाल ३६७ मतसहित पछाडि रहेका छन्।

त्यस्तै मोरङ क्षेत्र नम्बर १ मा पनि रास्वपाका उम्मेदवार यज्ञमणी न्यौपानेले ४ हजार १२६ मतसहित अग्रता बनाएका छन्। उनलाई श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिनले २ हजार ८१४ मतसहित पछ्याइरहेकी छन्।

यता मोरङ क्षेत्र नम्बर ३ मा भने श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर ५५४ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ मत पाएका छन् भने रास्वपाका गणेश कार्की २९५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

मोरङका सबै क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/