Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौँ–१ मा रास्वपाको पहिलो जित, रञ्जु दर्शना निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर–१ बाट रञ्जु दर्शना विजयी भएकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेकी थिइन्। अन्तिम मतपरिणाम अनुसार दर्शनाले १५ हजार ४५५ मत…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर–१ बाट रञ्जु दर्शना विजयी भएकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेकी थिइन्।

अन्तिम मतपरिणाम अनुसार दर्शनाले १५ हजार ४५५ मत प्राप्त गर्दै जित हात पारेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रबल थापा ले ६ हजार ३६४ मत प्राप्त गरेका छन्। त्यसैगरी रवीन्द्र मिश्र ले ३ हजार ९७२ मत ल्याउँदै तेस्रो स्थानमा रहे।

अन्य उम्मेदवारतर्फ मोहनराज रेग्मी ले १ हजार ६१८ मत, मेनुका भण्डारी ले ३४५ मत र समीर लामा तामाङ ले ४२६ मत प्राप्त गरेका छन्।

यस जितसँगै रास्वपाले काठमाडौँ–१ बाट आफ्नो जितको खाता खोलेको छ। मतगणनाको परिणाम सार्वजनिक भइसके पनि निर्वाचन अधिकृतको कार्यालयबाट औपचारिक घोषणा भने हुन बाँकी रहेको बताइएको छ।

रञ्जु दर्शनाको यो जितलाई काठमाडौँ क्षेत्रको राजनीतिक समीकरणमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/