spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचाररास्वपा उम्मेदवारहरूको विभिन्न क्षेत्रमा अग्रता, मतगणना जारी

रास्वपा उम्मेदवारहरूको विभिन्न क्षेत्रमा अग्रता, मतगणना जारी

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार सम्पन्न मतदानपछि अहिले देशभर मतगणना जारी छ। प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन्।

निर्वाचन आयोगका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा मतगणना भइरहेको छ र परिणाम आउने क्रम जारी छ। प्रारम्भिक मतपरिणामले केही क्षेत्रमा रास्वपाको उत्साहजनक उपस्थिति देखिएको छ।

काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा छिन्। काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित अघि छन् भने काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतका साथ अग्रता बनाइरहेका छन्। त्यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अगाडि छन्।

उपत्यका बाहिर पनि रास्वपाका उम्मेदवारहरूले विभिन्न क्षेत्रमा अग्रता बनाएका छन्। मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५, धनुषा–३ मा मनिष झा ३ हजार ९१४ तथा रुपन्देही–२ मा सुलभ खरेल ४ हजार ७२ मतसहित अघि छन्।

चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने २ हजार २५ मतसहित अग्रता बनाइरहेका छन् भने चितवन–३ मा सोविता गौतम ९२५ मतसहित अगाडि छिन्। कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८, कास्की–२ मा उत्तम प्रसाद पौडेल २ हजार ४१७ र कास्की–३ मा बिना गुरुङ २ हजार ७४ मतसहित अग्रता कायम गरेका छन्।

त्यसैगरी तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२, दाङ–१ मा देवराज पाठक १ हजार ५१६, बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४ र बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अगाडि छन्।

अन्य क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरू प्रतिस्पर्धात्मक रूपमा अघि देखिएका छन्। झापा–५ मा बालेन्द्र शाह १ हजार ४७६, मोरङ–१ मा यज्ञमणि न्यौपाने २ हजार २६९, मोरङ–५ मा आशा झा १ हजार २२९, बारा–३ मा अरबिन्द साह २ हजार १६०, भक्तपुर–१ मा रुकेश रन्जित ८८८ र भक्तपुर–२ मा राजीव खत्री २ हजार मतसहित अग्रता बनाइरहेका छन्।

यसैगरी ललितपुर–३ मा तोसिमा कार्की ६४८, ललितपुर–२ मा जगदीश खरेल २२८, रौतहट–४ मा गणेश पौडेल ४४३, कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८० तथा कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अगाडि रहेका छन्।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here