Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान

धनगढी - सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ । प्रदेश निर्वाचन आयोगका अनुसार प्रदेशभर कुल ५०.९ प्रतिशत मतदान भएको छ। प्रदेशका ९ जिल्लामा रहेका कुल १७ लाख १६…


विज्ञापनAdvertisement Banner
2 min read

धनगढी – सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ । प्रदेश निर्वाचन आयोगका अनुसार प्रदेशभर कुल ५०.९ प्रतिशत मतदान भएको छ।

प्रदेशका ९ जिल्लामा रहेका कुल १७ लाख १६ हजार ६ सय ६० मतदातामध्ये ८ लाख ७४ हजार १ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

तथ्यांकअनुसार कञ्चनपुर जिल्लामा सबैभन्दा बढी ५८.६ प्रतिशत मतदान भएको छ। यहाँ ३ लाख १४ हजार ३ सय ८५ मतदातामध्ये १ लाख ८४ हजार ३ सय १६ जनाले मतदान गरेका छन्।

सबैभन्दा कम मतदान अछाम जिल्लामा भएको छ। अछाममा १ लाख ६५ हजार ३ सय ३७ मतदातामध्ये ६४ हजार ७ सय ८० जनाले मतदान गरेका छन्, जसले कुल ३९.२ प्रतिशत मतदान भएको देखाउँछ।

प्रदेशकै सबैभन्दा धेरै मतदाता संख्या रहेको कैलाली जिल्लामा ५५.४ प्रतिशत मतदान भएको छ। यहाँ ५ लाख ५१ हजार ५२ मतदातामध्ये ३ लाख ५ हजार १ सय २२ जनाले मत दिएका छन्।

त्यस्तै दार्चुलामा ९२ हजार ९ सय ४८ मतदातामध्ये ४९ हजार ९ सय ६८ जनाले मतदान गरेका छन्, जहाँ ५३.८ प्रतिशत मतदान भएको छ। बाजुरामा ८७ हजार ८ सय ६१ मतदातामध्ये ४६ हजार २ सय ३२ जनाले मतदान गरेका छन्, जुन ५२.६ प्रतिशत हो।

डडेलधुरामा ९३ हजार ४ सय ३ मतदातामध्ये ४५ हजार ९ सय ९ जनाले मतदान गरेका छन्, जहाँ ४९.२ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए।

यसैगरी बैतडीमा १ लाख ५६ हजार ३ सय ७२ मतदातामध्ये ७३ हजार १ सय ४८ जनाले मतदान गरेका छन्, जसअनुसार यहाँ ४६.८ प्रतिशत मतदान भएको छ। बझाङमा १ लाख २६ हजार ९ सय ३ मतदातामध्ये ५२ हजार २ सय १७ जनाले मतदान गरेका छन्, जहाँ ४१.१ प्रतिशत मत खसेको छ।

डोटी जिल्लामा १ लाख २८ हजार ३ सय ९९ मतदातामध्ये ५२ हजार ४ सय ८५ जनाले मतदान गरेका छन्, जसअनुसार ४०.९ प्रतिशत मतदान भएको छ।

समग्र तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशका तराई जिल्लाहरूमा पहाडी जिल्लाको तुलनामा मतदान प्रतिशत केही बढी देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/