Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मेलम्ची नगरपालिकाका बुथहरूमा मत खसाइ सार्वजनिक

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका अन्तर्गत रहेका विभिन्न बुथहरूमा खसेको मतको विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरण अनुसार नगरपालिकाभरि अधिकांश बुथमा उल्लेख्य मतदाताले मतदान गरेका छन्। प्राप्त विवरणअनुसार मेलम्ची–१ मा २०३४ मत खसेको…


विज्ञापनAdvertisement Banner
1 min read

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका अन्तर्गत रहेका विभिन्न बुथहरूमा खसेको मतको विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरण अनुसार नगरपालिकाभरि अधिकांश बुथमा उल्लेख्य मतदाताले मतदान गरेका छन्।

प्राप्त विवरणअनुसार मेलम्ची–१ मा २०३४ मत खसेको छ भने मेलम्ची–२ मा १२१९ मत खसेको छ। त्यसैगरी मेलम्ची–३ मा १२५६, मेलम्ची–४ का दुई बुथमा क्रमशः ९६६ र ६०२ मत खसेको जानकारी दिइएको छ।

त्यस्तै मेलम्ची–५ मा १६३४ मत, मेलम्ची–६ मा १७२६ मत तथा मेलम्ची–७ मा १९७६ मत खसेको छ। मेलम्ची–८ मा ११९२ मत खसेको विवरण प्राप्त भएको छ।

त्यसैगरी मेलम्ची–९ मा २७०४ मत खसेको छ भने मेलम्ची–१० मा २०३४ मत खसेको छ। मेलम्ची–११ मा २७४१ मत, मेलम्ची–१२ मा २९२० मत तथा मेलम्ची–१३ मा २४५६ मत खसेको निर्वाचन स्रोतले जनाएको छ।

समग्रमा मेलम्ची नगरपालिकाका बुथहरूमा उत्साहजनक सहभागितासहित मतदान सम्पन्न भएको देखिएको छ। अब मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/