Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

फागुन २१ को मतदान अघि आज मध्यरातदेखि मौन अवधि लागू

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुँदैछ। मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसारमा…


विज्ञापनAdvertisement Banner
1 min read

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुँदैछ। मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसारमा पूर्ण रोक लगाइने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले तोकेको यस अवधिमा उम्मेदवार, राजनीतिक दल तथा समर्थकहरूले कुनै पनि प्रकारका प्रचार गतिविधि सञ्चालन गर्न पाउने छैनन्। आयोगका अनुसार सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, कार्यशाला, गोष्ठी लगायतका कार्यक्रम आयोजना गर्न निषेध गरिएको छ।

मतदातालाई शान्त र स्वतन्त्र वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न सहयोग पुर्‍याउने उद्देश्यले मौन अवधि लागू गरिएको आयोगले जनाएको छ। आयोगले तोकिएको नियम उल्लङ्घन नगर्न सबै राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणलाई आग्रह गरेको छ।

निर्वाचन अवधि भर गर्न नमिल्ने कार्य

१ कुनै पनि माध्यम बाट मत माग्न नपाउने ।
२ भोज भतेर गर्न नहुने ।
३ सामाजिक सञ्जालको माध्यम बाट प्रचार मा रोक ।
४ विज्ञापन हटाउनु पर्ने ।
४ प्रचारप्रसार सामग्री हटाउनु पर्ने ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/