spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारमध्यपूर्व तनाव : १७ लाख बढी नेपालीलाई सुरक्षा सतर्कता अपनाउन सरकारको आग्रह

मध्यपूर्व तनाव : १७ लाख बढी नेपालीलाई सुरक्षा सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं — मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सैन्य तनावका बीच नेपाल सरकारले त्यहाँ रहेका १७ लाखभन्दा बढी नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल सरकार ले परराष्ट्र मन्त्रालयमार्फत जारी गरेको सूचनामा सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरिएको हो।

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि र त्यसको प्रत्याक्रमणस्वरूप इरानले जवाफी कारबाही गरेपछि मध्यपूर्व क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ। यही पृष्ठभूमिमा मन्त्रालयले पत्रकार सम्मेलन गरी त्यहाँ रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको हो।

परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालका अनुसार हालसम्म उक्त क्षेत्रमा रहेका नेपाली नागरिक सुरक्षित रहेका छन्। “नेपाल सरकारले घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको छ। सम्बन्धित देशहरूले जारी गरेका सुरक्षासम्बन्धी सूचना पालना गर्न सबैमा आग्रह गर्दछौं,” उनले भने। सम्भावित आपत्कालीन अवस्थालाई सम्बोधन गर्न मन्त्रालयले ‘र्‍यापिड एक्सन टिम’ गठन गर्ने तयारी गरेको पनि उनले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आठ दूतावास र दुई कन्सुलर सेवा कार्यालयमार्फत समन्वय भइरहेको बताए। उनका अनुसार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाले नियमित सूचना प्रवाह र आपत्कालीन सम्पर्क व्यवस्थालाई सुदृढ बनाएको छ।

सरकारी तथ्यांकअनुसार मध्यपूर्व र आसपासका देशहरूमा हाल १७ लाख २९ हजार २८८ नेपाली रहेका छन्। तीमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्समा ४ लाख ७८ हजार १४४, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार र कुवेतमा १ लाख ७५ हजार नेपाली छन्। यसैगरी ओमानमा २५ हजार, बहराइनमा २८ हजार, इराकमा ३० हजार, साइप्रसमा १७ हजार, जोर्डनमा ३ हजार, लेबनानमा १ हजार ५००, इजिप्टमा ५००, इजरायलमा ६ हजार ५०० र इरानमा ६ जना नेपाली रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको ‘एडभाइजरी’मा सकेसम्म घरभित्रै सुरक्षित रहन, अनावश्यक यात्रा नगर्न, स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न तथा आफू रहेको देशस्थित नेपाली दूतावास र काठमाडौंस्थित परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ।

यसैबीच, हाल भिसा र टिकट लिएर गन्तव्य मुलुकतर्फ प्रस्थान गर्ने तयारीमा रहेका, विमानस्थल पुगेका तथा युरोप र अमेरिका जाने क्रममा ट्रान्जिट विमानस्थलमा रोकिएका नेपाली नागरिकले समेत असहजता भोग्नुपरेको जनाइएको छ। सरकारले यस्ता समस्यामा परेका नागरिकलाई सम्बन्धित दूतावास र कूटनीतिक नियोगमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।

सरकारले विकसित परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चालिने जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here