Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अमेरिकाबाट निष्कासन गरिएका ९५ नेपाली स्वदेश फिर्ता

अमेरिकाले निष्कासन डिपोर्ट गरेका ९५ जना नेपाली नागरिक शनिबार बिहान काठमाडौं आइपुगेका छन्। उनीहरूलाई चार्टर विमानमार्फत पठाइएको हो। एकैदिन यति ठूलो संख्यामा नेपाली नागरिकलाई अमेरिकाबाट फिर्ता पठाइएको यो पहिलो घटना भएको बताइएको…


विज्ञापनAdvertisement Banner
1 min read

अमेरिकाले निष्कासन डिपोर्ट गरेका ९५ जना नेपाली नागरिक शनिबार बिहान काठमाडौं आइपुगेका छन्। उनीहरूलाई चार्टर विमानमार्फत पठाइएको हो।

एकैदिन यति ठूलो संख्यामा नेपाली नागरिकलाई अमेरिकाबाट फिर्ता पठाइएको यो पहिलो घटना भएको बताइएको छ। यसअघि गएको माघ महिनामा ९१ जना, पुसमा ७५ जना र भदौमा ३७ जना नेपालीलाई अमेरिकाले निष्कासन गरी स्वदेश पठाएको थियो।

हाल सम्म २०३ जना नेपालीलाई अमेरिकाले नेपाल फर्काइ सकेको छ । अमेरिकामा बसोबासका लागि आवश्यक कानुनी आधार प्रस्तुत गर्न नसक्ने नेपाली नागरिकलाई त्यहाँको प्रशासनले निष्कासन गर्दै आएको जनाएको छ। हालैको घटनाले अवैधानिक बसाइँसराइको विषय पुनः चर्चामा आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/