Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कालीकोटमा निर्वाचन अवधिभर पेट्रोलियम पदार्थको खुला बिक्रीमा रोक

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले कालीकोटमा पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गर्दै निर्वाचन अवधिभर…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले कालीकोटमा पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गर्दै निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्री गर्न नपाइने जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार यस्तो व्यवस्था लागू गरिएको हो। उनका अनुसार इन्धन बिक्री गर्ने सबै पेट्रोलपम्प तथा व्यवसायी अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता भई सञ्चालन भएको हुनुपर्नेछ। दर्ता नभएका व्यक्ति वा संस्थाले पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न नपाउने स्पष्ट पारिएको छ।

प्रशासनले तोकिएको मूल्यभन्दा बढी दरमा बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक मौज्दात राख्ने वा निर्वाचन प्रयोजनबाहेक अन्य प्रयोजनका लागि इन्धन दुरुपयोग गर्ने कार्यसमेत निषेध गरिएको जनाएको छ।

निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न उक्त निर्णय गरिएको प्रशासनको भनाइ छ। निर्णय उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/