spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारसंखुवासभा–ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

संखुवासभा–ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं – पूर्वी नेपालका संखुवासभा जिल्ला र ताप्लेजुङ जिल्ला को सीमाक्षेत्रमा आज बिहान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको थियो। बिहानीपख अधिकांश मानिस निद्रामा रहेकाले धक्का महसुस गरेपछि स्थानीय बासिन्दा आत्तिँदै घरबाहिर निस्किएका थिए।

स्थानीय सुरक्षा निकायका अनुसार प्रारम्भिक विवरणमा हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको सूचना प्राप्त भएको छैन। सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेको जनाएको छ।

पूर्वी पहाडी क्षेत्रमा साना–मध्यम म्याग्निच्युडका भूकम्पहरू समय–समयमा दोहोरिँदै आउने भएकाले सतर्क रहन विज्ञहरूले सुझाव दिएका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here