Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय, चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ - हाल देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीका कारण देशका विभिन्न भूभागमा बदली, हल्का वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ – हाल देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीका कारण देशका विभिन्न भूभागमा बदली, हल्का वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ।

आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्न सक्नेछ। देशका हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/