spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारपश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – नेपालमा हाल उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। ती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ।

आज राति पनि पश्चिमी प्रणालीको प्रभाव कायमै रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। तराईका थोरै स्थानमा तुवाँलो लाग्न सक्ने बताइएको छ।

चट्याङ्गसहित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here