Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाडौं - धादिङमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको बस पोखराबाट बेलुका ७ बजे ३४ जना यात्रुसहित छुटेको थियो।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – धादिङमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको बस पोखराबाट बेलुका ७ बजे ३४ जना यात्रुसहित छुटेको थियो।

बस सडकबाट करिब ३ सय मिटर तल खसेर त्रिशूली नदी किनारको ढुंगामा बजारिँदा क्षतविक्षत भएको प्रहरीले जनाएको छ। घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा एक जनाको मृत्यु भएपछि मृतक संख्या १८ पुगेको हो।

बसमा सवार ४४ जनामध्ये २७ जनालाई उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा पठाइएको छ। नेपाल नेशनल अस्पताल, कलंकीमा ९ पुरुष र १ महिला गरी १० जना घाइते उपचाररत छन्। अस्पतालका अनुसार उनीहरूको अवस्था बोल्न सक्ने रहेको छ भने केहीको हात, टाउको, अनुहार र आँखामा चोट लागेको तथा एक जनाको करङ भाँचिएको छ।

त्यसैगरी, ट्रमा सेन्टरमा १३ जना उपचाररत रहेका छन्। घाइतेमध्ये २२ वर्षीया एक चिनियाँ नागरिक पनि रहेको जनाइएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/