Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

धादिङमा बस दुर्घटना अपडेट, त्रिशूली किनारमा खस्दा १७ जनाको ज्यान गयो, २७ घाइते

पोखराबाट काठमाडौंका लागि छुटेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस गएराति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा नजिकै त्रिशूली नदी किनारमा खसेको छ। दुर्घटनामा घटनास्थलमै १७ जनाको मृत्यु भएको…


विज्ञापनAdvertisement Banner
2 min read

पोखराबाट काठमाडौंका लागि छुटेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस गएराति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा नजिकै त्रिशूली नदी किनारमा खसेको छ।

दुर्घटनामा घटनास्थलमै १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। बसमा करिब ४४ जना सवार रहेकोमा २७ जनालाई जीवितै उद्धार गरी उपचारका लागि काठमाडौंसहित विभिन्न अस्पतालमा पठाइएको छ। अचेत अवस्थामा भेटिएका घाइतेलाई प्रारम्भिक उपचारका लागि मलेखु र जिल्ला अस्पतालतर्फ लगिएको थियो।

रातिको समय भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय र्‍याफ्टिङ व्यवसायीहरूको टोलीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरेका थिए।

उद्धार टोलीले डुंगाको सहायताबाट घाइते तथा यात्रुहरूलाई घटनास्थलबाट करिब एक किलोमिटर तलसम्म सारेर त्यहाँबाट सडकसम्म उकालो लगाउँदै एम्बुलेन्समार्फत अस्पताल पठाएका थिए।

बस सडकबाट तल खसेर त्रिशूली किनारको ढुंगामा ठोक्किँदा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार अँध्यारो, दुर्गम भू–भाग र पर्याप्त उद्धार सामग्रीको अभावले कार्यमा थप कठिनाइ सिर्जना गरेको थियो। प्रहरीहरूले टर्च बालेर घाइतेहरूको खोजी तथा उद्धार गर्नुपरेको थियो, आवश्यक उपकरणको कमी महसुस भयो, उनले घटनास्थलबाट जानकारी दिएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/