Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं — युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक शेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गर्दै शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक शेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गर्दै शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ।

कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ।

कानुनी व्यवस्थाअनुसार संस्थापक समूहको शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने हुन्छ। त्यसैले कम्पनीले हाल कायम सम्पूर्ण संस्थापक शेयरधनीलाई लक्षित गर्दै शेयर खरिदका लागि आवेदन माग गरेको हो।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले कति कित्ता शेयर कति रकममा खरिद गर्न चाहेको हो भन्ने विवरण खुलाएर आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ।

निर्धारित ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा वा सबै शेयर बिक्री नभएमा बाँकी शेयर अन्य योग्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ। त्यसका लागि ३५ दिनको अवधि सकिएपछि थप १५ दिनको समय दिइने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/