
काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंकले बढेको बजार शुक्रबार भने दबाबमा परेको हो।
शुक्रबार नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स १.५४ अंक, फ्लोट इन्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३८ अंकले घटेका छन्।

सूचकसँगै बजारको कारोबार रकमसमेत घटेको छ। बिहीबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएकोमा शुक्रबार ३४४ स्टकको ५९ हजार ८०५ पटकको कारोबारबाट ४ अर्ब १६ करोड ७६ लाख १८ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। यस दिन १ करोड २२ हजार कित्ता शेयर कारोबार भएको छ।
शुक्रबार सर्वोत्तम पेन्ट्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयरमूल्य १०४ रुपैयाँले बढेर ७९७ रुपैयाँ ६० पैसा पुगेको छ। पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य पनि करिब १४ प्रतिशतले बढेको छ।
यता, कारोबारमा आएको धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको २६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। सोलु हाइड्रोपावरको २४ करोड ५० लाख रुपैयाँभन्दा बढी र रिडी पावर कम्पनीको १८ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
शुक्रबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक अधिकांश उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य अंकले बढेको छ।
घट्ने उपसमूहमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले घटेको छ। बाँकी ११ उपसमूहका परिसूचक पनि सामान्यदेखि मध्यम अंकले घटेका छन्।






Leave a Reply