Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सिद्धार्थ बैंकको ३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर तोकिएको म्यादसम्म संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएपछि अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

अतः उक्त शेयर खरीद गर्न चाहने सर्वसाधारण व्यक्ति वा संस्थाले आगामी ७ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर संख्याको व्यहोरा खुलाई लिखित निवेदन दिनु पर्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/