Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा सामान्य सुधार, सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरमा सकारात्मक सर्किट

काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। लगातार तेस्रो कारोबार दिन सकारात्मक बनेको बजारमा सूचकसँगै दैनिक कारोबार रकमसमेत बढेको छ। बिहीबार नेप्से परिसूचक ८.८१ अंकले…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। लगातार तेस्रो कारोबार दिन सकारात्मक बनेको बजारमा सूचकसँगै दैनिक कारोबार रकमसमेत बढेको छ।

बिहीबार नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.९७ अंक, फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंकले उकालो लागेको छ।

बजारमा कारोबार गतिविधि पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ३ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो। कुल ३४७ स्टकको ४५ हजार ८२२ पटक कारोबार हुँदा १ करोड २ लाख २५ हजार कित्ता शेयर किनबेच भएको छ।

सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरमा सकारात्मक सर्किट

बिहीबार सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै, सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य करिब १३ प्रतिशत बढ्दा घलेम्दी हाइड्रोको शेयरमूल्य करिब १२ प्रतिशत उकालो लागेको छ।

यसको विपरीत, इमर्जिङ्ग नेपालको शेयरमूल्य ५.११ प्रतिशतले घटेको छ।

घलेम्दी हाइड्रोको कारोबार सर्वाधिक

कारोबार रकमका आधारमा बिहीबार घलेम्दी हाइड्रो शीर्ष स्थानमा रह्यो। कम्पनीको २९ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको साढे १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

अधिकांश उपसमूहमा हरियाली

बिहीबार १३ मध्ये १० उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूह घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहमा सामान्य वृद्धि देखिएको छ।

व्यापार उपसमूह भने स्थिर रहेको छ। यस दिनको समग्र कारोबारले बजारमा खरीद चाप अघिल्लो दिनको तुलनामा केही बढेको संकेत गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/