Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

०.७९ अकंले बढ्यो नेप्से, यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.७९ अकंले बढेर २६४१.८५ बिन्दुमा कायम भएको छ । आज ३४० कम्पनीको ९५ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्क ११ करोड ९ लाख…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.७९ अकंले बढेर २६४१.८५ बिन्दुमा कायम भएको छ । आज ३४० कम्पनीको ९५ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्क ११ करोड ९ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ६ उपसूचकमा सुधार आएको छ भने ७ उपसूचक घटेको छन् । आज सर्वाधिक बढ्नेमा होटल तथा पर्यटन समूहको रहेको छ ।

मंगलबार १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको घटेको छ । २० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सोलु हाइड्रोपावर, रिडि पावर, न्यादी ग्रुप पावर, खानीखोला जलविद्युतको शेयर सर्वाधिक किनबेच भएको छ ।

आज अप्पर लोहोरे खोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ५६ रुपैयाँले बढेर ४३६ रुपैयाँ पुगेको हो ।

साथै, आरबिबि डिबेञ्चर २०८८ को ५.९२ प्रतिशत, लक्ष्मी उन्नती कोषको ५.२७ प्रतिशत, हिम स्टार उर्जाको ३.७४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/