Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अप्पर सोलु हाइड्रोले कमायो गत आर्थिक वर्षमा २० करोड ८७ लाख नाफा

काठमाडौं - अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो नाफामा उल्लेख्य सुधार गर्दै वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो नाफामा उल्लेख्य सुधार गर्दै वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा आफ्नो खुद नाफामा झण्डै शतप्रतिशतको वृद्धि हासिल गरेको देखिएको छ ।

कम्पनीले गत असार मसान्तसम्ममा २० करोड ८७ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ११ करोड ३२ लाख ३ हजार रुपैयाँको तुलनामा निकै उत्साहजनक वृद्धि हो ।

विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको बढोत्तरी र वित्तीय खर्चमा गरिएको प्रभावकारी व्यवस्थापनले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत ७३ करोड ८२ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ जबकि अघिल्लो वर्ष यस्तो आम्दानी ७२ करोड ४० लाख ५३ हजार रुपैयाँ मात्र सीमित रहेको थियो ।

अघिल्लो वर्ष ३ करोड ७० लाख ४१ हजार रुपैयाँ मात्र रहेको कम्पनीको जगेडा कोष यो वर्ष ह्वात्तै बढेर २५ करोड ६७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १५.४६ पैसा कायम भएको छ । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ पनि सुधारिएर ११९.०२ रुपैयाँ पुगेको छ ।

कम्पनीले आफ्नो ऋण भार घटाउन पनि उल्लेखनीय सफलता प्राप्त गरेको देखिन्छ । अघिल्लो वर्ष ३ अर्ब १५ करोड २९ लाख रुपैयाँ रहेको दीर्घकालीन ऋण घटेर यस वर्ष २ अर्ब ९४ करोड ३८ लाख रुपैयाँमा झरेको छ । यद्यपि जलविद्युत आयोजना सञ्चालनका क्रममा आइपर्ने प्राकृतिक प्रकोप, खोलामा पानीको बहाव र प्रसारण लाइनका प्राविधिक समस्याहरूलाई कम्पनीले मुख्य चुनौतीका रूपमा उल्लेख गर्दै समाधानका लागि प्रयास जारी राखेको जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/