
काठमाडौं — साताको दोस्रो अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो दिन सामान्य सुधार देखिएको बजार यस दिन १३.८२ अंकले घट्दै २६५४.१५ विन्दुमा पुगेको हो।
यससँगै सेन्सेटिभ इन्डेक्स २.६२ अंकले घटेको छ। फ्लोट इन्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९१ अंकले ओरालो लागेको छ।
परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको
बढेको छ। बुधबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३४७ वटा कम्पनीका १ करोड ८ लाख ४ हजार कित्ता शेयर ६० हजार ३८१ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँ पुगेको छ।
शेयर मूल्यतर्फ अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले सकारात्मक सर्किट लेभलमा कारोबार गर्दै ५३ रुपैयाँ १० पैसा बढेर प्रतिकित्ता ४०७ रुपैयाँ २० पैसामा कारोबार बन्द गरेको छ। अन्य बढेका कम्पनीहरूको मूल्यवृद्धि भने ५ प्रतिशतभन्दा कममा सीमित रह्यो। यता, एलएस होराइजन १२ को इकाई मूल्य सबैभन्दा धेरै ६.५० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ४७ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम २६ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको २३ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये केवल व्यापार उपसमूह मात्रै हरियो रह्यो, जसको परिसूचक ०.५९ प्रतिशतले बढ्यो। बाँकी १२ उपसमूह भने घटेका छन्। तीमध्ये उत्पादन तथा प्रशोधन उपसमूहमा सबैभन्दा ठूलो गिरावट देखिँदै यसको परिसूचक ९३.०४ अंकले घटेको छ।






Leave a Reply