Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेको ओरालो यात्रा कायमै ,कारोबार रकम पनि खुम्चियो

काठमाडौं -बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन पनि ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से ७.७९ अंकले घट्दै २६८८.८८ विन्दुमा पुगेको हो। यससँगै सेन्सेटिभ इन्डेक्स ०.७८ अंकले…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं -बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन पनि ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से ७.७९ अंकले घट्दै २६८८.८८ विन्दुमा पुगेको हो।
यससँगै सेन्सेटिभ इन्डेक्स ०.७८ अंकले घटेको छ। फ्लोट इन्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४२ अंकले पनि कमी आएको छ।
बजारसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। मंगलबार रु. ४ अर्ब ४२ करोड बराबरको कारोबार भएको बजारमा बुधबार ३४३ कम्पनीका ९७ लाख ७७ हजार कित्ता शेयर ४८ हजार पटक किनबेच हुँदा कुल कारोबार रकम रु. ४ अर्ब २ करोड ९४ लाखमा सीमित रह्यो।
व्यक्तिगत कम्पनीतर्फ एभरेष्ट कलरको शेयर मूल्य लगातार आठौँ कारोबार दिन पनि सकारात्मक सर्किटमा कारोबार भयो। कम्पनीको शेयर मूल्य रु. १२९.१० ले बढेर अन्तिम मूल्य रु. ९९०.१० कायम भएको छ। त्यस्तै, कालिन्चोक हाइड्रोपावरको शेयर मूल्य करिब १२.५ प्रतिशतले उकालो लागेको छ भने अन्य बढेका अधिकांश कम्पनीको वृद्धि ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर सबैभन्दा अगाडि रह्यो। यस कम्पनीको रु. २२ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ। त्यसपछि खानी खोला हाइड्रोपावरको रु. २१ करोडभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको करिब रु. १८ करोड बराबरको कारोबार भएको देखिएको छ।
उपसमूहतर्फ १३ मध्ये २ उपसमूहले मात्र सकारात्मक प्रदर्शन गरे। म्युचुअल फण्ड र अन्य उपसमूह सामान्य वृद्धि सहित बन्द भए भने बाँकी ११ उपसमूहमा सामान्य गिरावट देखियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/