spot_img
25 C
Kathmandu
spot_img
Homeबजारसेयर बजार४.६४ अङ्कले ओरालो लाग्यो नेप्से , कारोबार रकम पनि घट्यो

४.६४ अङ्कले ओरालो लाग्यो नेप्से , कारोबार रकम पनि घट्यो

काठमाडौं ,साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। सोमबारको गिरावटपछि बजारले मंगलबार पनि नकारात्मक लयलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ४.६४ अंकले घट्दै २६९६.६७ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.७० अंक, फ्लोट इण्डेक्स ०.३१ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले कमी आएको छ।
कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ। सोमबार ६ अर्ब ८ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा मंगलबार ३४२ वटा स्टकका ५५ हजार ५८० कारोबारमार्फत १ करोड ४ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
शेयर मूल्य वृद्धितर्फ एभरेष्ट कलर लिमिटेड लगातार दोस्रो दिन पनि सकारात्मक सर्किटमा कारोबार भयो। कम्पनीको शेयर मूल्य ११२ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, लक्ष्मी उन्नती कोषको इकाई मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यता, कारोबारमा सहभागी कम्पनीहरूमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २७ करोड १४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत प्रदर्शनमा १३ मध्ये ४ उपसमूह हरियो रहे भने ९ उपसमूह रातो रहे। वित्त, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहमा सामान्य वृद्धि देखिएको छ भने बाँकी सबै उपसमूहका परिसूचकमा सामान्य गिरावट आएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here