spot_img
25.8 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारनेप्सेमा ३३.२८अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

नेप्सेमा ३३.२८अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडौं , साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लाग्दै बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेको बजार सोमबार भने दबाबमा देखिएको हो।
यस दिन नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा कायम भएको छ। साथै, सेन्सेटिभ इण्डेक्स १.९८ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेका छन्।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही कम भएको छ। सोमबार ३६० वटा स्टकको ६९ हजार ८०३ कारोबारमार्फत १ करोड ३९ लाख २५ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
व्यक्तिगत कम्पनीतर्फ एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किटमा पुगेको छ। कम्पनीको शेयर मूल्य ९७ रुपैयाँ ६० पैसा बढेर ७४८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। अन्य बढ्ने कम्पनीहरूको मूल्यवृद्धि भने ५ प्रतिशतभन्दा कम सीमित रह्यो। उता, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै १३.३८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स पहिलो स्थानमा रह्यो, जहाँ ३३ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यसपछि ग्लोबल आइएमई बैंकको २८ करोड रुपैयाँभन्दा बढी र रिडी पावर कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये ११ उपसमूह राताम्मे रहे भने दुई उपसमूह मात्रै हरियो देखिए। उत्पादन तथा प्रशोधन उपसमूह २.३० प्रतिशतले सबैभन्दा धेरै घट्यो। होटल तथा पर्यटन र व्यापार उपसमूहमा पनि २ प्रतिशतभन्दा बढीको गिरावट आयो। विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा तथा अन्य उपसमूह एक प्रतिशतभन्दा बढीले घटे। यता, बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूह भने सामान्य वृद्धि सहित बन्द भए।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here